+
+
Shares

हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १०:३२

२४ भदौ, हेटौंडा । मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् ।

हेटौंडा र जिल्लाको पश्चिकी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शन भएको छ । मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेका छन् । पुर्व–पश्चचिम राजमार्ग अवरुद्ध भएको स्थानीय शिवकुमार रिजालले जानकारी दिए ।

हेटौंडाको १६ नम्बर वडास्थित हटियामा पनि प्रदर्शन जारी छ । हेटौंडाको मुख्य बजार क्षेत्रमा छुट्टाछुट्टै समूहमा प्रदर्शन भएको छ । प्रहरीले हेटौंडाको सुरक्षमा व्यवस्था कडा बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?