
२४ भदौ, काठमाडौं । सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौं उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा व्यवसायीले गगरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले मंगलबार एक विज्ञप्ती निकाल्दै यस्तो घोषणा गरेका हुन् ।
सोमबार जेन-जी समूहविरुद्ध भएको सरकारी दमन र १९ युवाको मृत्युपछि महासंघले दु:ख व्यक्त गरेको छ । घाइतेको उपचारमा महासंघका सबै सदस्यलाई सक्दो सहयोग गर्न समेत महासंघले आह्वान गरेको छ ।
नेपाल सरकारले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेका कारण हसहज परिस्थिति बनेको भन्दै महासंघले यातायात नचलाउने घोषणा गरेको हो ।
‘नेपाल सरकारबाट उचित शान्ती सुरक्षाको प्रत्याभूति नभएसम्म उपत्यका लगायत देशभर यात्रुबाहक र मालबाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिन्छ,’ उनले भनेका छन् ।
आन्दोलनकारी र नेपाल सरकारलाई वार्ताका माध्यमबाट समस्याको समाधान गर्न आह्वान गरिएको छ । नजिकिएको चाडपर्वमा सार्वजनिक यातायात व्यवस्थित गरी सञ्चालनको वातावरण बनाउन समेत महासंघले आह्वान गरेको छ ।
प्रतिक्रिया 4