२४ भदौ, काठमाडौं । जेनजी पुस्ताका आक्रोशित युवाहरूले मंगलबार अपरान्ह राष्ट्रपति कार्यालय रहेको शीतल निवासमा आगजनी गरे ।
शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूले शीतल निवासमा झोसेको आगो अबेर रातिसम्म निभेको छैन ।
एरिएल फुटेजमा शीतल निवास जलेर ध्वस्त भएको देखिन्छ ।
अन्यत्र जस्तै शीतल निवासको आगो निभाउन पनि दमकल पुगेको छैन ।
सोमबारबाट सुरु भएको जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले दमन गरेपछि मंगलबार झन् स्थिति नियन्त्रणबाहिर गएको हो ।
आक्रोशित युवाहरूले मंगलबार थुप्रै सरकारी तथा निजी भवनमा आगजनी गरेका छन् ।
उनीहरूले शीतल निवाससँगै सिंहदरबार, सर्वोच्च अदालत, सरकारी वकिलको कार्यालय, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा समेत आगजनी गरे । ती भवनहरूमा लागेको आगो समेत मंगलबार अबेरसम्म निभेको छैन ।
प्रतिक्रिया 4