+
+
Shares

भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदीबन्दी भागे, दुई जना गाेली लागेर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते ६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुर क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन्।
  • कारागारकाे 'क' ब्लकमा रहेका कैदीबन्दीहरूले तीन वटा गेट फुटाएर पश्चिम पर्खाल भत्काएर भागेका थिए।
  • झडपमा दुई जना कैदीबन्दी घाइते भएका छन् र सेनाले २०० हवाई फायर गरेको छ।

२५ भदाै, हेटाैंडा । मकवानपुरकाे क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन् ।

राति १२:५५ बजे कारागारकाे ‘क’ ब्लकमा रहेका केदीबन्दीहरूले तीन वटा गेट फुटाएर बाहिर निस्किन खाेजेका थिए । उक्त ब्लकका २६० जना कैदीबन्दीले कारागारकाे पश्चिम तर्फकाे पर्खाल भत्काएर भागेकाे कारागार प्रमुख सुवास पाैडेलले जानकारी दिए । ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकाेमा करिब २३० जनालाई नियन्त्रणमा लिएर फर्काइएकाे उनले बताए ।

सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएकाे कारागार प्रमुख पाैडेलले अनलाइनखबरलाई जानकारी दिए ।

झडपमा सेनाले चलाएकाे गाेली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूकाे हेटाैंडा अस्पतालमा उपचार भइरहेकाे छ । कारागारकाे गाडी लिएर भाग्ने क्रममा टायरमा गाेली चलाउँदा कैदीबन्दीलाई लाग्न पुगेकाे पाैडेलले जनाए ।

कैदीबन्दीहरूले कारागारमा ताेडफाेड र आगजनी गरेका छन् । सेनाले स्थिति नियन्त्रणमा लिन २०० हवाई फायर गरेकाे थियाे ।

सशस्त्र प्रहरीले पनि २ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेकाे थियाे । कारागारकाे अर्काे ‘ख’ ब्लक भने सुरक्षित रहेकाे कारागार प्रमुख पाैडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?