+
+
Shares

सर्लाहीमा जसपा मधेश अध्यक्ष अशोक यादव पक्राउ

प्रहरीका अनुसार यादवमाथि प्रहरी उपरीक्षक (एसपी) लाई गाली गरेको तथा आपराधिक उपद्र र राज्यविरुद्धको अपराधमा संलग्न भएको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १३:१३

२५ भदौ, रौतहट ।  जसपाका मधेशका प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई आज दिउँसो मलङ्गवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार यादवमाथि प्रहरी उपरीक्षक (एसपी) लाई गाली गरेको तथा आपराधिक उपद्र र राज्यविरुद्धको अपराधमा संलग्न भएको आरोप छ । सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षकसँग भएको गालिगलौजको अडियो केही दिन अघि सामाजिक संजालमा भाइरल बनेको थियो ।

असारको अन्तीम साता पूर्वाधार विकास कार्यालय मलंगवमा भुक्तानीका विषयमा विवाद भएपछि यादवले सर्लाही प्रहरी प्रमुखलाई गालिगलौज गरेका थिए । त्यस पछि फरार रहेका उनी आज पक्राउ परेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले बताए ।

यादवलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता राइले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?