
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र आर्थिक स्थिरताविरुद्धको जेनजी आन्दोलनमा समर्थन जनाउनुभएको छ।
- प्रबलले युवापुस्ताको आवाज सुन्नु महत्वपूर्ण भएको भन्दै, 'हामी नेपालका युवासँग उभिएका छौं' भन्नुभएको छ।
- सरकारले २६ सामाजिक सञ्जाल बन्द गरेपछि सुरु भएको आन्दोलनमा कम्तीमा २० जनाले ज्यान गुमाइसकेका छन् र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको छ।
काठमाडौं । नेपाली मूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले नेपालको जेनजी आन्दोलनमा समर्थन जनाएका छन् ।
इन्स्टाग्राममा सेयर गरिएको स्टोरीमा प्रबलले सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार, आर्थिक स्थिरता र जनसंख्याको उपेक्षाविरुद्ध नेपालको युवा आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरे ।
न्यूयोर्कमा बसोबास गर्दै आएका डिजाइनरले युवापुस्ताको आवाज सुन्नु महत्वपूर्ण कुरा रहेको बताए ।
प्रबलले लेखेका छन्, ‘आफ्नो ज्यान गुमाउनेहरूका लागि शोकमा र भविष्यमा हुने कुराको आशामा, हामी नेपालका युवासँग उभिएका छौं । धेरै घाइते भएका छन् । धेरैको ज्यान गुमेको छ । हिंसा तुरुन्तै अन्त्य हुनुपर्छ । कुनै पनि राष्ट्रको शक्ति कहिल्यै पनि आफ्नै युवाविरुद्धको बलमा मापन गरिँदैन, तर यसले उनीहरूको आवाज कसरी सुन्छ भन्ने कुरामा मापन गरिन्छ ।’
नेपालका युवालाई दिएको सन्देशमा उनले थपे, ‘तिमीहरू भोलिको ज्योति हौ । तिम्रो साहस राष्ट्रको बल हो । तिम्रो आवाज नै आशा हो, जसबाट नेपाल बलियो भएर उठ्नेछ र जसबाट संसार प्रेरित हुनेछ ।’
सरकारले २६ सामाजिक संजाल बन्द गरेपछि जेनजीको आन्दोलन चर्किएको थियो । आन्दोलनमा दमन हुँदा कम्तीमा २० जनाले ज्यान गुमाइसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया 4