+
+
Shares

नागरिकको चाहना बुझ्ने नेता चुनिनुपर्छ : मदनकृष्ण श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार मदनकृष्ण श्रेष्ठले फेसबुकमा लेख्दै भ्रष्टाचारी थुनिनुपर्ने र नेता नागरिकको चाहना बुझ्ने हुनुपर्ने धारणा राखेका छन्।
  • उनी भन्छन्, 'अबको समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेको हुन्छ।'
  • मदनकृष्ण श्रेष्ठले नेपालीहरू एकजुट भएर भ्रष्टाचाररहित शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाउने समय आएको बताएका छन्।

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठले नागरिकको चाहना बुझ्ने नेता चुनिनुपर्ने बताएका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले भ्रष्टाचारी थुनिनुपर्ने धारणा राखेका छन् ।

‘देश र समयले अहिले परिवर्तन चाहिरहेको छ । ५० वर्ष पहिलेका युवाहरू भन्दा अहिलेका युवाहरू धेरै शिक्षित र बौद्धिक छन्’ उनी लेख्छन्, ‘समयअनुसार नहिँड्नेहरुलाई समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रस्टैसँग देख्यौँ । हामीले आफ्नो समयमा समयले अह्राएको कामहरू गर्‍यौँ । अबको यो समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रस्टै छ किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेको हुन्छ ।’

जेनजीको एकताले युवाको शक्ति कस्तो हुन्छ भन्ने कुरा संसारलाई देखाइएको उनले बताएका छन् । युवाहरूको माग नै समयको माग भएको उनले बताएका छन् ।

उनी भन्छन्, ‘अबको समय हामी संयम भएर संसार भरि छरिएर बसेका नेपालीहरू समेत एकजुट भएर हाम्रा अमूल्य भौतिक संरचनाहरूलाई जोगाउने, संरक्षण गर्ने, पुन निर्माण गर्ने र भ्रष्टाचाररहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने बिन्दुमा आइपुगेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?