+

सेनाको विशेष विमानमा स्वदेश फर्कियो बंगलादेश फुटबल टोली

२०८२ भदौ  २६ गते १०:४२ २०८२ भदौ २६ गते १०:४२
सेनाको विशेष विमानमा स्वदेश फर्कियो बंगलादेश फुटबल टोली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेश फुटबल टोली प्रतिकूल अवस्थाका कारण नेपालमै रोकिएको थियो र बिहीबार विहान स्वदेश प्रस्थान गरेको छ।
  • पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल काठमाडौंको तनावका कारण रद्द गरिएको थियो।
  • बंगलादेशी सेनाको विशेष विमानमार्फत टोली स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन्।

२६ भदौ, काठमाडौं । नेपालमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आएको बंगलादेश फुटबल टोली स्वदेश फर्किएको छ ।

प्रतिकूल अवस्थाका कारण फर्कन नसकेको टोली बिहीबार विहान स्वदेश प्रस्थान गरेको हो ।

बंगलादेशी सेनाको विशेष विमानमार्फत टोली स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् ।

पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो मैत्रीपुर्ण खेल काठमाडौंको अवस्था तनावग्रस्त  भएपछि रद्द गरिएको थियो ।

खेल रद्द भएपछि स्वदेश फर्कने तय भएको टोली अवस्था झन् भयावह बनेपछि नेपालमै रोकिएको थियो ।

बंगलादेश फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय