
News Summary
Generated by OK AI. Editorially reviewed.- डडेल्धुरा कारागारबाट भागेका आठ कैदीलाई बैतडीको पाटन नगरपालिका–१ सकारबाट संयुक्त सुरक्षा टोलीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा डोटी, अछाम, दार्चुला र बैतडी घर भएका कर्तव्य ज्यान, जबर्जस्तीकरणी र चोरीका दोषी रहेका छन्।
- डडेल्धुरा कारागार तोडफोडपछि फरार कैदी खोज्न जिल्ला प्रहरी कार्यालयले अप्रेसन चलाएको प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।
२६ भदौ, बैतडी । डडेल्धुरा कारागारबाट भागेका छ कैदी बैतडीबाट समातिएका छन् ।
संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरुलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई/दुई र दार्चुला तथा बैतडी घर घएका एक/एक जना रहेका छन् । उनीहरु कर्तव्य ज्यान मुद्दा, जबर्जस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ ।
‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए । पक्राउ परेका सबैलाई डडेल्धुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताए।
कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरुलाई खोज्न ‘अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।
प्रतिक्रिया 4