+
+
Shares

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १३:१८

२७ भदौ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जाननहुने बताएका छन् ।

२३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ ।

संसद्‍का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

आन्दोलनमा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, आवश्यक उपचारमा कुनै कमी हुन नदिन उनीहरूले आग्रह गरेका छन् ।

‍संघीय संसद्‍ले आन्दोलनका क्रममा संसद् भवनसहित सिंहदरबारभित्रका विभिन्न सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति र ऐतिहासिक दस्तावेजहरूमा भएको तोडफोड, आगजनी र नोक्सानीप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा छ ।

‘देशभर भएका घटनाले लोकतान्त्रिक मूल्य, सम्पत्ति र संस्थागत संरचनामा ठूलो क्षति पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

वर्तमान जटिल परिस्थिति समाधानका लागि सबैलाई संवैधानिक प्रक्रियाबाट अघि बढ्न सभामुख र  राष्ट्रिय सभा अध्यक्षले आग्रह गरेका छन् ।

‘विपत्तिपूर्ण अवस्थामा पनि सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोच्च मान्दै अघि बढ्नैपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

मुलुकको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबै पक्षलाई शान्तिपूर्ण बाटो रोज्न र संविधानको दायराभित्र रही माग सम्बोधन गर्न उनीहरूले आग्रह गरेका छन्।

‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं । आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं,’  विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?