+
+
Shares

पुनर्निर्माणमा जुट्यो कामना सेवा विकास बैंक

बैंकले अन्य स्थानका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालय पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहकार्य गर्ने समेत जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १४:४२

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरको पुनःनिर्माण गर्ने भएको छ ।

जेनजीको भ्रष्टाचार विरुद्ध आन्दोलन क्रममा जलेर नष्ट भएको भूमिसुधार तथा मालपोत कार्यालय मोरङको कार्यालय मर्मतसम्भार समेत गर्ने भएको छ ।

मालपोत कार्यालय विराटनगरका तर्फबाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका तर्फबाट कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुसालले पुनर्निर्माणका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

हाल कार्यालय जलेर नष्ट भएकाले विवरण संकलनको कार्य भइरहेको र त्यसपछि पुनर्निर्माणको काम सुरु हुने बैंकले जनाएको छ ।

साथै, आन्दोलन क्रममा इलाका प्रहरी कार्यालय पथरीका उपकरण सहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको र कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा तत्काल आवश्यक कम्प्युटर बैंकका कोशी प्रदेश प्रमुख भुसालले इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी तुलसीप्रसाद अर्याललाई हस्तान्तरण गरे ।

सोहीअवसरमा डीएसपी अर्यालले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा बैंकले उपलब्ध गराएको कम्प्युटरले अत्यन्तै ठूलो सहयोग पुगेको भन्दै आभार प्रकट गरे ।

त्यसैगरी बैंकका प्रदेश प्रमुख भुसालले कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदायमुखी गतिविधि गर्दै आएको उल्लेख गर्दै पथरीस्थित इलाका प्रहरी कार्यालयलाई सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रहरी अधिकृतहरू र बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।

बैंकले अन्य स्थानका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालय पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहकार्य गर्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?