
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कामना सेवाले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (करसमेत) गरी १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
आइतबार ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समिति बैठकबाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी १९औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । योसँगै कामना सेवा लाभांश घोषणा गर्ने पहिलो विकास बैंकसमेत भएको छ । गत वर्ष बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया 4