
News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारमा भएको ठूलो आक्रमणपछि नयाँ अन्तरिम प्रधानमन्त्रीका लागि गृह मन्त्रालयको नयाँ भवनमा कार्यालय व्यवस्थापन सुरु गरिएको छ।
- प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय ध्वस्त भएपछि नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ।
- मुख्यसचिव एकनारायण अर्यालले सिंहदरबारमा प्रधानमन्त्री र मन्त्रीहरूको कार्यालय व्यवस्थापनका लागि अनुगमन गरेको जानकारी दिनुभयो।
२७ भदौ, काठमाडौं। अब बन्ने अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्यवस्थापन सुरु गरिएको छ ।
मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । ‘अन्य भवन पनि हेर्ने काम भयो, कुनै सद्दे छैनन्, एउटा विकल्प निर्माणाधीन गृहमन्त्रालयको नयाँ भवन हुनसक्छ भन्ने कुरा भएको छ,’ उनले भने ।
बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ । मन्त्रालयहरूका कागजात जलाइएको छ भने सवारी साधनमा व्यापक क्षति पुर्याइएको छ ।
मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ-कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए । सिंहदरबारबाटै प्रशासनिक काम गर्ने गरी तयारी गरिएको उनले बताए ।
अन्तरिम प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन थालिएको छ । गृहमन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री राख्न लागिएको छ।
प्रधानमन्त्री कार्यालय र हालको गृहमन्त्रालय जलाएर ध्वस्त पारिएपछि अन्तरिम व्यवस्था गर्न लागिएको हो । गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी गरिएको त्यहाँ पुगेका हाम्रा सहकर्मीले बताएका छन् ।
अहिले यहाँ प्रधानमन्त्रीका लागि बस्ने कुर्सीदेखि, सचिवालय, मन्त्रिपरिषद् बैठकका लागि आवश्यक फर्निचर, सोफा कार्पेटहरू धमाधम व्यवस्थापन गरिँदैछ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट छिर्ने गेटबाट नजिकै नयाँ गृहमन्त्रालयको भवन बनेको छ।
अहिले गृहमन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृहमन्त्रालय सारेर केशरमहलमा शिक्षा मन्त्रालयलाई सार्ने तयारी भइरहेको छ ।
मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका थिए ।
प्रधानमन्त्री कार्यालय बस्नै नसकिने अवस्थामा ध्वस्त भएको रहेछ ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4