
News Summary
Generated by OK AI. Editorially reviewed.- घर निर्माण फाउण्डेसनले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक भवन मर्मत गर्न स्कील सेवा प्रालिसँग सहकार्य गर्ने घोषणा गरेको छ।
- फाउण्डेशनका निर्देशक महेश तिमिल्सिनाले अस्पताल, प्रहरी चौकी र सरकारी कार्यालय जस्ता अत्यावश्यक सेवा भवन यथाशीघ्र सञ्चालनमा ल्याउन सम्पूर्ण सीप र जनशक्ति प्रयोग गरिने बताए।
- फाउण्डेशनले विद्युतीय मर्मत, प्लम्बिङ, सुरक्षा प्रणाली, ढोका–झ्याल र संरचनागत नवीकरणमा सक्षम रहेको र सहयोग आवश्यक परे सम्पर्क गर्न आग्रह गरेको छ।
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा सार्वजनिक भवनहरूको मर्मतमा घर निर्माण फाउण्डेसनले सहयोग गर्ने भएको छ । स्कील सेवा प्रालिसँगको सहकार्यमा क्षति भएका अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय लगायतका भवन मर्मत गर्न सहयोग गर्ने फाउण्डेसनको घोषणा गरेको हो ।
अत्यावश्यक सेवा प्रदान गर्ने भवनहरू क्षति हुँदा जनताको दैनिक जीवन प्रभावित भइरहेको छ । सेवा सुचारु नभए देशै ठप्प हुने भएकाले मर्मत तथा पुनर्निर्माण अभियान सुरु गर्ने तयारी गरेको फाउण्डेशनका निर्देशक महेश तिमिल्सिनाले जानकारी दिएका छन् ।
यो परियोजना केवल मर्मतको काम मात्र होइन, राष्ट्र पुनःनिर्माणको अभियान भएको तिमल्सिनाले बताए । ‘अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय जस्ता सार्वजनिक सेवामा अत्यावश्यक भवनहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्पूर्ण सीप र जनशक्ति प्रयोग गरिनेछ’ उनले भने ।
आफूहरूसँग यस किसिमको कामका लागि आवश्यक सम्पूर्ण दक्ष जनशक्ति उपलब्ध रहेको पनि उनले बताए । विद्युतीय मर्मत, प्लम्बिङ, सुरक्षा प्रणाली, ढोका–झ्याल, फर्निचरदेखि लिएर सम्पूर्ण संरचनागत नवीकरणसम्मका काममा सक्षम रहेको निर्देशक तिमिल्सेनाले जानकारी दिए ।
सहयोग आवश्यक भएमा भवन क्षतिग्रस्त भएका सम्पर्क गर्न आग्रह गरिएको छ । ‘हामीलाई तपाईंहरूको आवश्यकता बताउनुहोस्, हाम्रो टोली निःसंकोच मर्मत तथा मूल्यांकन गर्न तयार छ’ फाउण्डेशनको अपिल छ।
प्रतिक्रिया 4