
२८ भदौ, विराटनगर । जेनजी युवा समूहको आन्दोलनका क्रममा विराटनगरको भाटभटेनी स्टोर लुटपाट गर्नेको घरघर पुगेर सामाजिक अभियान्ताले सामन फिर्ता गर्न थालेका छन् ।
मंगलबार जेनजीको आन्दोलनका क्रममा अराजक समूहले लुटपाटपछि भाटभटेनीमा आगजनी गरेको थियो । आगलागीबाट भाटभटेनी नष्ट भएको छ । आगजीपछि भाटभेटनीमा लुटपाट मच्चिएको थियो । भाटभटेनीबाट लुटिएको सामग्री सामाजिक अभियान्ता पारुल क्षेत्रीको समुहले घरघर पुगेर फिर्ता गरिरहेके हो ।
क्षेत्रीका अनुसार ६ स्थानमा पुगेर भाटभटेनीको समाग्री अभियान्ताले फिर्ता गराएका छन् । ‘केही स्थानमा स्वतस्फुर्त रुपमा फर्काउनु भएको छ, केही स्थानमा खबर आएको छ,’ उनले भने,‘ हामीले कोठामा पुगेर फिर्ता ल्याएको सामान भाटभटेनीलाई बुझाउँछौं ।’ शनिबार क्षेत्रीको समूहले विराटनगरको त्रिमुर्ती चोकमा छापा मारेर सामग्री फिर्ता गराएका छन् ।
राजनीति छाडेर विराटनगरमा वृक्षरोपण अभियान सञ्चालन गरिरहेका क्षेत्री भाटभेटनी लुटिनु दु:खद भएको बताउँछन् । उनले लुटपाट गरेको समग्री चोरी भएको सामग्री फिर्ता गर्न आग्रह गरे ।
‘विराटनगर त सभ्यहरुको समाज हो नि, तर, जसले जे गर्दा पनि हुनेखालको भयो,’ उनले भने,‘ गलत गर्दा कारवाही हुनुपर्छ भन्ने लागेर रिक्स लिएर फिर्ता गराउँदैछौं ।’
मंगलबार अराजक समूहले आगजनी गर्दा विराटगरको भाटभटेनी जलेर नष्ट भएको छ । भाटभटेनीको विराटनगरसँगै धरान, दमक र विर्तामोडमा आगजनी र लुटपाट भएको थियो । धरानको भाटभटेनीमा लुटपाट गर्न गएका चार जनाको शव फेला परेको थियो ।
प्रतिक्रिया 4