
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत ३६ जना 'जेनजी' आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।
- सेन्टरका प्रमुख डा बद्री रिजालले छ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
- प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया आवश्यक भए पनि गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने डा रिजालले बताउनुभएको छ।
२८ भदौ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।
प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए ।
प्रमुख डा. रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4