+
+
Shares

रास्वपाको चेतावनी– लक्ष्यमा चुकेमा सरकारको प्रतिरोध हुनेछ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते ८:५२

२९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा सहयोगी भूमिका खेल्ने जनाएको छ । तर जुन लक्ष्यका साथ सरकार गठन भएको छ, त्यो लक्ष्यमा सरकार चुकेमा प्रतिरोध हुने चेतावनी रास्वपाले दिएको छ ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले भनेका छन्, ‘विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रुतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ । यी घोषित लक्ष्यहरुबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ ।’

भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले थालेको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । यो सरकारलाई आगामी फागुन २१ गते मध्यावधि निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?