News Summary
Generated by OK AI. Editorially reviewed.- मार्टिन जुबिमेन्डीको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा नटिङघम फरेस्टलाई ३-० ले पराजित गरेको छ।
- यो जितपछि आर्सनलले चार खेलबाट ९ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ।
- घरेलु मैदान एमिरेट्स स्टेडियममा जुबिमेन्डीले ३२औं र ७९औं मिनेटमा गोल गरे भने भिक्टर ग्योकेरेसले दोस्रो हाफको पहिलो मिनेटमा गोल गरेका थिए।
२८ भदौ, काठमाडौं । मार्टिन जुबिमेन्डीको दुई गोल मद्तमा आर्सनलले प्रिमियर लिगमा शनिवार नटिङघम फरेस्टलाई ३-० ले पराजित गरेको छ । यो जितपछि आर्सनल अंकतालिकामा पनि शीर्ष स्थानमा उक्लेको छ ।
तेस्रो जित निकालेको आर्सनलले चार खेलबाट ९ अंक जोडेको छ । लिभरपुल समान अंक भउपनि आर्सनल गोलअन्तरमा अघि रहँदै शीर्ष स्थानमा उक्लेको हो । पराजित नटिङहम ४ अंकसहित ११औं स्थानमा छ ।
घरेलु मैदानमा एमिरेट्स स्टेडियममा शनिवार भएको खेलमा जुबिमेन्डीले ३२औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुमै भिक्टर ग्योकेरेसले आर्नलको अग्रता दोब्बर पारे । उनले दोस्रो हाफको पहिलो मिनेटमे गोल गरेका हुन् । त्यसपछि जुबिमेन्डीले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
प्रतिक्रिया 4