News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्दै स्पानिस ला लिगामा शतप्रतिशत जित यात्रालाई कायम राखेको छ।
- एमबाप्पेले १२औं मिनेटमा गोल र एक असिस्ट गर्दै रियललाई अग्रता दिलाएका थिए।
- डिजान हुइसेनले रातो कार्ड पाएपछि रियल दश खेलाडीमा समेटिएको थियो तर ३ अंक जोड्न सफल भयो।
२९ भदौ, काठमाडौं । किलिएन एमबाप्पे चम्केपछि दश खेलाडीमा समेटिएको रियल मड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्दै स्पानिस ला लिगामा शतप्रतिशत जित यात्रालाई कायम राखेको छ ।
सोसिडाडको घरेलु मैदानमा भएको खेलमा एमबाप्वेले एक गोल गर्नुका साथै एक असिस्ट पनि गरेका थिए ।
एमबाप्पेले खेलको १२औं मिनेटमै गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । डिजान हुइसेनले ३२औं मिनेटमा रातो कार्ड पाएपछि रियल दश खेलाडीमा समेटिएको थियो ।
त्यसका बावजुत पनि अर्दा गुलेरले एमबाप्पेको पासमा ४४औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
सोसिडाडका मिकेल ओजाबायलले ५६औंमिनेटमा पेनाल्टीमा गोल गर्दै गोल अन्तरमा कम पारेका थिए । तर त्यसपछि भने सोसिडाडले थप गोल गर्न नसक्दा रियलले जितसहित ३ अंक जोड्न सफल भयो ।
लगातार चार खेल जित्दै रियल मड्रिड १२ अंक जोडेर शीर्ष स्थानमै छ ।
यस्तै ला लिगाकै अन्य खेलमा अलाभेजसँग १-० ले पराजित भएपछि एथ्लेटिक विल्वाओको अपराजित यात्रा टुङ्गिएको छ । यद्यपी चार खेलबाट ९ अंक जोडेको विवल्वाओ दोस्रो स्थानमा छ । रियल ओभिएडोलाई २-० ले पराजित गर्दै ९ अंक नै जोडेको गेटाफे तेस्रो स्थानमा छ ।
अर्को खेलमा एट्लेटिको मड्रिडले भियारियाललाई २-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ । एट्लेटिकोका लागि पाब्लो बारियस र निको गोन्जालेजले १-१ गोल गरे ।
जितपछि एट्लेटिको चार खेलबाट ५ अंकसहित नवौँ स्थानमा छ ।
प्रतिक्रिया 4