
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'अभिमन्यु'ले दशैंको फूलपातिमा १३ असोजमा नेपाली भाषामा र १७ असोजमा हिन्दी संस्करणमा प्रदर्शन हुने मिति घोषणा गरेको छ।
- निर्माता विनोद पौडेलले प्रचारप्रसारमा धेरै बजेट लगानी भैसकेको र दर्शकलाई लामो समय कुराउन नसकिने बताए।
- निर्माता कम्पनी सेभेन सिज सिनेमाले चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यले नयाँ प्रदर्शन मिति घोषणा गरेको जनाएको छ।
काठमाडौं । जेनजी आन्दोलनले रोकिएको फिल्म ‘अभिमन्यु’ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माताले सोमबार विज्ञप्ति जारी गर्दै फिल्म दशैंको फूलपातिमा १३ असोजमा रिलिज हुने जनाएका हुन् ।
‘देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शन मिति घोषणा गरेका छौँ’ निर्माता कम्पनी सेभेन सिज सिनेमाले भनेको छ ।
नेपाली भाषामा असोज १३ गते र हिन्दी संस्करणमा १७ असोजमा रिलिज हुने जनाइएको छ । हिन्दी संस्करण भारतसहित विश्वब्यापी प्रदर्शन हुने जनाइएको छ ।
निर्माता विनोद पौडेलले प्रचारप्रसारमा धेरै बजेट लगानी भैसकेको र दर्शकलाई लामो समय कुराउन नसकिने बताए ।
‘सोचविचार गरेर नै फूलपातीमा आउने निर्णय गरेका हौँ । कसैसँग जुध्ने र जुधाउने हाम्रो उद्देश्य होइन । धेरै पछि जाने अवस्था पनि छैन’ उनले भने ।
च्याप्टर १ बताइएको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल शीर्ष भूमिकामा छन् ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
दशैंको फूलपातीमा हरिबहादुरको जुत्ता, बलिदान र माइतीघर पनि प्रदर्शन तयारीमा छन् ।
प्रतिक्रिया 4