+
+
Shares

मदिरा कम्पनी सागर डिस्टिलरीको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सागर डिस्टिलरीले ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ।
  • आईपीओमा वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारणलाई दिइनेछ।
  • कम्पनीले गत आर्थिक वर्ष ३४ लाख २८ हजार रुपैयाँ खुद नाफा देखाएको र बी प्लस रेटिङ पाएको छ।

३० भदौ, काठमाडौं । आम सर्वसाधारणका लागि मदिरा उत्पादन कम्पनी सागर डिस्टिलरीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत सेयर अर्थात् १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता साधारण सेयर आजदेखि आम सर्वसाधारणलाई निष्कासन हुन लागेको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ निष्कासन हुनेछ । यस आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरो सेयर वा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

असोज २ गतेसम्म यसमा आवेदन खुल्नेछ । बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कस्तो छ कम्पनी ?

उत्पादन तथा प्रशोधन समूहको यस कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ, लोलीपप गोल्ड, ललीपप सिल्भर, ललीपप एप्पल, लगायत ब्राण्डका मदिरा उत्पादन र बिक्री गर्दै आएको छ । नवलपुरको देवचुली नगरपालिका वडा नं. १ मा उद्योग सञ्चालनमा छ ।

२०८० साल जेठ ७ गते प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भएको हो । विगतका वर्षमा लामो समय कम्पनी नोक्सानीमा सञ्चालनमा रह्यो । गत आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ५९ पैसा मात्रै छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८७ पैसा छ । गत असार मसान्तसम्मको अवधिमा कम्पनीले २३ करोड ३४ लाख रुपैयाँ सञ्चित नाफा रहेको विवरण देखाएको छ । गत आर्थिक वर्ष ३४ लाख २८ हजार रुपैयाँ खुद नाफा रहेको जनाएको छ।

क्रेडिट कम्पनी इन्फोमेरिक्स रेटिङबाट कम्पनीले बी प्लस रेटिङ पाएको छ । रेटिङमा एएए देखि डी सम्मको संकेत प्रदान गरिन्छ । जसमा एएएले सबैभन्दा राम्रो र डीले सबैभन्दा कमजोर स्थिति देखाउँछ । बी प्लसले औसत मध्यमस्तरको जनाउँछ ।

साधारण लगानी फिर्ता हुने अवधि ९ वर्षको अनुमान छ । हालको खुद सम्पत्ति मूल्य १ अर्ब ८५ करोड रहेको विवरणमा उल्लेख छ ।

कम्पनीको उत्पादन क्षमता प्रति वर्ष ५० लाख १० हजार लिटर रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ९ लाख ८८ हजार ५३१ लिटर मदिरा उत्पादन गरी बिक्री वितरण गरिएको कम्पनीले आफ्नो विवरणपत्रमा उल्लेख गरेको छ ।

कम्पनीका सबैभन्दा ठूला सेयरधनी हुन्– आशुतोष खेतान । सञ्चालक समेत रहेका उनले कम्पनीको सबैभन्दा धेरै १४.५२ प्रतिशत सेयर होल्ड गरेका छन् । त्यस्तै अध्यक्ष अल्का गोयलले १०.६३ प्रतिशत सेयर होल्ड गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?