
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनपछि बन्द भएका फिल्म हल सोमबारदेखि पुनः संचालनमा आएका छन्।
- क्यूएफएक्स बिराटनगर र आइएनआई ल्होत्से भने क्षतिग्रस्त भएर अझै खुलेका छैनन्।
- चलचित्र संघले हलको देशब्यापी अकुपेन्सी १५ प्रतिशत रहेको र सुरक्षा सर्तसहित १० बजे हल बन्द गर्ने निर्णय गरेको छ।
काठमाडौं । जेनजी आन्दोलनले बन्द भएका फिल्म हल सोमबारदेखि पुनः संचालनमा आउन थालेका छन् । तोडफोड र आगजनीले क्षतिग्रस्त क्यूएफएक्सको बिराटनगर र आइएनआईको ल्होत्से भने खुलेका छैनन् ।
ल्होत्से बुधबारदेखि खुल्ने जनाइएको छ । क्षति पुगेका भक्तपुरको क्यूएफएक्स र बुटवलका हल भने खुलेका छन् ।
हल खुलेसँगै रिमै, द कन्जुरिङ, बागी ४, कोशेढुंगा, गुन्युचोलो, परम सुन्दरी र मोहरको प्रदर्शन सुचारु भएको छ । हल बन्द हुँदा यी फिल्म प्रदर्शनरत थिए ।
चलचित्र संघले हल खुलेपनि दर्शकको संख्या न्यून रहेको जनाएको छ । प्रवक्ता तथा महासचिव सुरेन्द्र थापाका अनुसार सोमबार फिल्म हलको देशब्यापी अकुपेन्सी १५ प्रतिशत छ ।
‘यो संवेदनशिल परिस्थितीमा यत्तिको संख्यामा दर्शक आउनु पनि खुसीको कुरा हो । यसले माहोल बनाउन र फिल्मलाई लयमा फर्काउन भूमिका खेल्छ’ प्रवक्ता थापाले भने ।
चलचित्र संघको निर्णयअनुसार हलहरू सोमबारदेखि खुलेका हुन् । संघले १० बजे हल बन्द गर्ने गरि सुरक्षा सर्तसहित हल खुलाएको हो । स्थानीय सुरक्षा निकायको समन्वयमा हल खुलाइएको हो ।
‘क्रमशः जनजीवन लयमा फर्किएसँगै लेट-नाइट शोहरू पनि खुल्छन्’ थापाले भने, ‘यो कुरा परिस्थिती र रिलिज हुने फिल्ममा पनि निर्भर हुन्छ ।’ सोमबार अधिकांश हलले अन्तिम शो ६ देखि ७ बजेबीचमा राखेका छन् ।
जेनजी आन्दोलनको क्रममा हलमा आगजानी र तोडफोड हुँदा १७ करोड रुपैयाँको क्षति पुगेको चलचित्र संघले जनाएको छ ।
प्रतिक्रिया 4