 
																			३० भदौ, काठमाडौं । आँखा विशेषज्ञ डा. सन्दुक रुइतले आफ्नो पेशा एवम् कर्मबाटै नेपाल र नेपालीको हितमा योगदान दिइरहने बताएका छन् ।
आज मन्त्रिपरिषद विस्तार भएको दिन विज्ञप्ति निकालेर डा. रुइतले सो कुरा बताएका हन् ।
हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि आफूलाई अनुरोध आउने गरेको बताउँदै डा. रुइतले भनेका छन्, ‘म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो । नेपाल र नेपालीको नाम संसारभर पुर्याउनु हो ।’
आफ्नो साधना नै अन्धोपन निवारण भएको भन्दै उनले भनेका छन्, ‘सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारीपूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4