 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारमा भोकले लखतरान भएका कुकुरलाई कानुन व्यवसायीहरूले आहारा दिएका छन्।
- १० जना कानुन व्यवसायीले समन्वय गरेर सिंहदरबारका कुकुरका लागि आहारा जुटाएका छन्।
- स्नेहा श्रेष्ठको टोलीले २६ भदौदेखि सिंहदरबारका कुकुरलाई खाना खुवाउँदै आएको छ।
२९ भदौ, काठमाडौं । सिंहदरबारका भोका कुकुरले आहरा पाएका छन् ।
आइतबार अनलाइनखबरमा ‘खण्डहर सिंहदरबारमा भोकले लखतरान कुकुरहरू’ शीर्षकमा समाचार सम्प्रेषण भएको थियो । भोलिपल्ट कानुन व्यवसायीहरू आहरा लिएर सिंहदरबार पुगेका हुन् ।
‘अनलाइनखबरमा सिंहदरबारमा रहेका कुकुरको समाचार देखेपछि समन्वय गरेर यहाँ आएका छौं,’ सोमबार सिंहदरबारमा कुकुरलाई आहारा दिँदै गर्दा भेटिएका कानुन व्यवसायी सुनिल लम्सालले बताए ।
उनका अनुसार १० जना कानुन व्यवसायीले मिलेर सिंहदरबारका कुकुरका लागि आहारा जुटाएका हुन् । ‘हामी १० जना नै सिंहदरबार आएका छौं,’ उनले भने ।

दिउँसो सवा २ बजेतिर रेडियो नेपाल परिसरमा भेटिएका लम्साल अन्यत्र कुकुरहरू कहाँ छन् भनेर सोधिखोजी गरिरहेका थिए । सिंहदरबारमा चहलपहल बढेसँगै विस्तारै क्यान्टिनहरूसमेत खुल्न थालेका छन् । क्यान्टिन खुलेपछि भने सिंहदरबारका कुकुरले त्यहीँ खाना खान पाउनेछन् ।
स्नेहा श्रेष्ठ लगायतको टोलीले भने यस अगाडिदेखि नै सिंहदरबारका कुकुरलाई खाना खुवाउँदै आएको बताएका छन् ।
अनलाइनखबरमा समाचार सम्प्रेषण भए पनि श्रेष्ठले आफूहरूले २६ भदौदेखि नै सिंहदरबारका कुकुरहरूलाई खाना खुवाउँदै आएको बताएकी थिइन् ।

यही २४ भदौमा सिंहदरबारमा आगजनी भएको थियो । आगलागीले सिंहदरबारका धेरै संरचनामा क्षति भएको छ । क्यान्टिनहरू समेत जलेका छन् । केही दिन सिंहदरबारमा मानिसहरूको चलहलपहल समेत थिएन । त्यो बेला कुकुरहरू आहाराविहीन भएका थिए ।
तर, श्रेष्ठ लगायतले २६ भदौदेखि नै सिंहदरबारका कुकुरहरूलाई खाना खुवाएको बताएका छन् ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4