३० भदौ, काठमाडौं । सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगमा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारी रहेको स्रोतले बतायो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धी सैद्धान्तिक निर्णय गरेको हो । तर गृहमन्त्री ओमप्रकाश अर्यालले भने यसको संरचना कस्तो हुने र कोको रहने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको बताए ।
‘जुन जनधनको क्षति भयो । ज्यादती भयो । यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ,’ उनले भने ‘त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको हो ।’
प्रतिक्रिया 4