+

साफ यू-१७ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

२०८२ भदौ  ३० गते २१:२७ २०८२ भदौ ३० गते २१:२७
साफ यू-१७ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले कोलोम्बोमा सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा श्रीलंकालाई २-० ले हराएर विजयी सुरुवात गरेको छ।
  • समिर कुमारले खेलको ५२औं र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएका थिए।
  • नेपालले अब बिहीबार बंगलादेशसँग खेल्नेछ र समूहमा एक खेल जितेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो छ।

३० भदौ, काठमाडौं । सोमबारदेखि कोलोम्बोमा सुरु भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई २-० ले हराएको हो ।

नेपालको जितमा दुवै गोल समिर कुमारले गरे । उनले खेलको ५२औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

प्रतिश थापा मगरले बायाँ भागबाट दिएको लामो क्रसमा पेनाल्टी बक्समा रहेका समिरले हेडमार्फत गोल गरेका हुन् ।

त्यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा उनले गोलकिपरलाई बिट गर्दै गोल गरे र नेपालको २-० को जित पक्का गरे ।

नेपालले अब दोस्रो खेलमा बंगलादेशसँग बिहीबार खेल्नेछ ।

यस समूहमा तीन टिम मात्र रहेकोले नेपालले एक खेल जितेपछि मात्रै पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो भइसकेको छ ।

साविक विजेता भारतसहित पाकिस्तान, भुटान र माल्दिभ्स समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

साफ यू-१७ च्याम्पियनसिपको ९ संस्करण भइसक्दा अहिलेसम्म भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ भने बंगलादेशले दुई तथा पाकिस्तानले एक पटक उपाधि जितेको छ ।

नेपाल चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन । नेपाल चार पटक नै भारतसँग पराजित भएको थियो ।

साफ यू-१७ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय