+
+
Shares

लामो दूरीका बसमा दुई चालक अनिवार्य, उमेर १८ वर्षमाथि

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १८:४५
फाइल तस्वीर

३१ भदौ, काठमाडौं । दशैंको समयमा यात्रा सुरक्षित बनाउन सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राख्नु पर्ने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने गरी यात्रीबाहेक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राखी आलोपालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले मिलाउने निर्णय भएको छ । यसको अनुगमन प्रहरीले गर्ने छ ।

१८ वर्ष पूरा नभएका व्यक्तिलाई चालकको रूपमा काममा लगाउने पाइने छैन ।

उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने यात्रुलाई सहजीकरण गर्न नागढुंगा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धार तथा काभ्रेको साँगामा सिप्रदी/नाडाको सहयोग र काठमाडौं महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ ।

चाडपर्वका बेला यात्रुबाहक सवारी यातायातको चाप अत्यधिक बढ्न गई सडक दुर्घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावकारी अनुगमन र निगरानीको व्यवस्था मिलाउने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?