+

नेदरल्याण्ड्सका बलर किङ्‍मा प्रतिबन्धित ‘ड्रग’ प्रयोगका कारण ३ महिनाको प्रतिबन्धमा

२०८२ असोज  १ गते ११:४३ २०८२ असोज १ गते ११:४३
नेदरल्याण्ड्सका बलर किङ्‍मा प्रतिबन्धित ‘ड्रग’ प्रयोगका कारण ३ महिनाको प्रतिबन्धमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेदरल्याण्ड्सका पेस बलर भिभियन किङ्‍माले प्रतिबन्धित पदार्थ प्रयोग गरेको कारण ३ महिनाका लागि प्रतिबन्धमा परेका छन्।
  • उनको नमुनामा मे १२ मा यूएईविरुद्धको खेलपछि कोकेन मेटाबोलाइट भेटिएको थियो।
  • प्रतिबन्ध १५ अगस्टदेखि लागू भएको छ र उनले उपचार कार्यक्रम पूरा गरे प्रतिबन्ध घट्न सक्छ।

१ असोज, काठमाडौं । नेदरल्याण्ड्सका पेस बलर भिभियन किङ्‍मा प्रतिबन्धित पदार्थ (रिक्रियशनल ड्रग) प्रयोगका कारण ३ महिनाका लागि प्रतिबन्धमा परेका छन् ।

३० वर्षीय किङ्‍माले खेलबाहिर प्रयोग भएको पदार्थ प्रयोग गरेको स्वीकार गरेका छन्। गत मे १२ मा यूएईविरुद्ध भएको एकदिवसीय खेलपछि गरिएको परीक्षणमा उनको नमुनामा बेनजोयलेकोग्नाइन (कोकेन मेटाबोलाइट) भेटिएको थियो।

उक्त पदार्थ सेवन आईसीसीको एन्टी डोपिङ कोडअनुसार प्रधिबन्धित रहेको छ । उनीमाथिको प्रतिबन्ध १५ अगस्टदेखि नै लागू भएको छ। तर, उनले आईसीसी स्वीकृत उपचार कार्यक्रम पूरा गरे प्रतिबन्ध अवधि घट्न सक्छ।

यससँगै उनले युएईविरुद्धको खेलपछि खेलेका सबै खेल उनको खेलसंख्यामा गणना हुने छैन । यसमा नेपाल र स्कटल्याण्डविरुद्धका दुई एकदिवसीय तथा स्कटल्याण्डविरुद्धको एउटा टी–२० खेल समावेश छन्।

यसै वर्ष यस्तै कारणले दक्षिण अफ्रिकाका कागिसो रबाडा र न्युजिल्याण्डका डग ब्रेसवेल पनि प्रतिबन्धमा परेका थिए।

-क्रिकइन्फोबाट

भिभियन किङ्‍मा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय