News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाका युवा स्टार लामिन यमाल चोटका कारण कम्तीमा तीन खेल गुमाउने भएका छन्।
- प्रशिक्षक हान्सी फ्लिकले यमाललाई पीडा हुँदाहुँदै खेलाउने स्पेनिस टोलीको लापरबाहीमा असन्तुष्टि जनाएका छन्।
- यमालको चोट प्यूबिक बोनमा केन्द्रित छ र चिकित्सकहरूले अक्टोबर १ को च्याम्पियन्स लिग खेललाई लक्ष्य बनाएका छन्।
१ असोज, काठमाडौं । बार्सिलोनाका युवा स्टार लामिन यमालले चोटका कारण कम्तीमा तीन खेल गुमाउने भएका छन्। १८ वर्षीय विङ्गरलाई अन्तर्राष्ट्रिय खेलका क्रममा थपिएको कडा चोटका कारण पुरानो ग्रोइन समस्या बल्झिएको हो। यसले प्रशिक्षक हान्सी फ्लिक र स्पेनिस फुटबल संघबीच विवाद चर्काएको छ।
फ्लिकले यामाललाई पीडा हुँदाहुँदै लगातार दुई खेलमा उतारेकोमा स्पेनिस टोलीको लापरबाही भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले यमाल राष्ट्रिय टोलीमा जाने बेलादेखि नै पीडामा रहेको र पेनकिलर खाएर खेल्नुपरेको भन्दै यसरी खेलाडीलाई हेरचाह नगर्नु गलत भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरेका छन्।
यमालले बार्सिलोनाका च्याम्पियन्स लिगको न्यूक्यासलविरुद्धको खेलसँगै ला लिगामा गेटाफे र ओभिडोविरुद्धको खेल पनि गुमाउने पक्का भएको हो। उनको चाँडो फर्कने सम्भावना रियल सोसिडाडविरुद्धको खेलमा भए पनि चिकित्सकहरूले अक्टोबर १ मा पेरिस सेन्ट जर्मेनविरुद्ध हुने च्याम्पियन्स लिग खेललाई नै वास्तविक लक्ष्य ठानेका छन्।
क्याम्प नोउका चिकित्सकहरूका अनुसार उनको चोट प्यूबिक बोनमा केन्द्रित छ, जुन पहिले लेभान्तेविरुद्ध खेलेका बेला सुरु भएको र रयो भ्यालेकानोविरुद्ध थप बिग्रिएको हो।
यस चोटलाई सावधानीपूर्वक व्यवस्थापन नगरे पुनः चोट लाग्ने जोखिम रहने भएकाले क्लबले कुनै छोटो बाटो अपनाउन चाहेको छैन।
-गोल डटकमबाट
प्रतिक्रिया 4