News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस क्लब आर्सनलले युइएफए युरोपियन च्याम्पियन्स लिगमा स्पानिस क्लब एथ्लेटिक विल्वाओलाई २-० ले हराउँदै विजयी सुरुवात गर्यो।
- गाब्रियल मार्टिनेली र लियान्ड्रो ट्रोसार्डले दोस्रो हाफमा मैदान प्रवेश गरी क्रमशः ७२औं र ८७औं मिनेटमा गोल गरे।
- टोटनहमले स्पानिस क्लब भियारियाललाई आत्मघाती गोलको सहयोगमा १-० ले हराएर युरोपियन च्याम्पियन्स लिगमा विजयी सुरुवात गर्यो।
१ असोज, काठमाडौं । इंग्लिस क्लब बर्सनलले युइएफए युरोपियन च्याम्पियन्स लिगमा गएराती स्पानिस क्लब एथ्लेटिक विल्वाओलाई २-० ले हराउँदै विजयी सुरुवात गर्यो ।
खेलमा दुवै गोल वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका खेलाडीले गरेका थिए । गाब्रियल मार्टिनेली र लियान्ड्रो ट्रोसार्डले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गरे । साथे एक अर्कालाई असिस्ट पनि गरे ।
मार्टिनेलीले ७२औं र ट्रोसार्डले ८७औं मिनेटमा गोल गरे । मार्टिनेली ७१औं मिनेटमा एबेरेची एजेको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले मैदान पुगेका एक मिनेटपछि नै गोल गरे । यस्तै ६५औं मिनेटमा भिक्टोर ग्योकेरेसको स्थानमा मैदान गएका ट्रोसार्डले खेल सकिने तीन मिनेट बाँकी छँदा गोल गरे ।
जितपछि आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले यस सिजन पहिलो रोजाईँमा खेल्नेभन्दा खेल फिनिस गर्ने खेलाडी आफ्नो टिममा महत्वपूर्ण रहेको बताएका छन् । उनले रग्बी युनियनबाट प्रभावित भएर यो शैली लागु गर्न खोजेका हुन् ।
पछिल्लो समय मार्टिनेलीले कठिन समय बिताइरहेका छन् । लेफ्ट विङमा एजेको आगमनपछि मार्टिनेली पहिलो रोजाईबाट ड्रप भएका छन् । यस्तै गत सिजन ५६ खेल खेलेका बेल्जियन फरवार्ड ट्रोसार्ड २०२५-२६ को सिजन जम्मा तीन खेल मात्र खेलेका छन् ।
त्यसो भएपनि यी खेलाडीहरु कम महत्वका हुन त? प्रशिक्षक अर्टेटाको जवाफ छ ‘नो’ । उनले रग्बी युनियनमा फिनिसरको रुपमा आर्ने खेलाडीलाई मन पराउने अर्टेटाले आफ्नो टिमा खेलाडी पनि त्यस्तै रहेको बताए ।
‘बेन्चमा रहेका खेलाडीहरु पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । वा अझ धेरै महत्वपूर्ण । हामीले त्यसमा छलफल गरेका छौँ । यस सिजन सुरुवातमा खेल्ने भन्दा कुनै क्षणमा फिनिसर्सहरु अ महत्वपूर्ण हुन सक्छन्’ अर्टेटाले भने ।
आर्सनलका कप्तान मार्टिन ओडेगार्डसहित मुख्य खेलाडीहरु बुकायो साका, काई हाभार्ट जस्ता खेलाडी चोटका कारण उपलब्ध छैनन् भने विलयम सालिबा पनि बेन्चमा बस्न मात्र फिट थिए । जसमा कारण अर्टेटाले यस सिजनको सुरुवातमै नयाँ भित्रिएका खेलाडीहरु विश्वास गर्नुपर्ने अवस्था आएको छ ।
यस्तै इंग्ल्याण्डकै अर्को क्लब टोटनहमले आत्मघाती गोलको सहयोगमा स्पानिस क्लब भियारियाललाई १-० ले हराएर विजयी सुरुवात गरेको छ ।
भियारियालका लुइज जुनियरले खेलको चौथो मिनेटमै गरेको आत्मघाती गोलमा टोटनहमले सुरुवाती ३ अंक जोडेको हो ।
प्रतिक्रिया 4