
News Summary
Generated by OK AI. Editorially reviewed.- सिमकोट गाउँपालिकालाई सहयोग गरेको भारत सरकारले अनुदान दिएको एम्बुलेन्स जेनजी आन्दोलनमा जलाइएको छ।
- जेनजीहरूले गत भदौ २४ गते एम्बुलेन्स जलाएको सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताइन्।
- उपाध्यक्ष रोकायाले समयमै एम्बुलेन्स नल्याउँदा यस्तो अवस्था आएको र असार २२ गते कर्णाली करिडोर हुम्ला खण्ड सडक सञ्जालसँग जोडिएको जानकारी दिइन्।
१ असोज, हुम्ला। सिमकोट गाउँपालिकालाई सहयोग गरेको एम्बुलेन्स जेनजी आन्दोलनमा जलाइएको छ। कर्णाली प्रदेश सभा हातामा राखिएको एम्बुलेन्स जेनजीहरूले जलाएका हुन् ।
गत असार ३ गते भारत सरकारले अनुदान सहयोग गरेको एम्बुलेन्स सुर्खेतबाट जलाइएको सिमकोट गाउँपालिकाले जनाएको छ।
गत भदौ २४ गते जेनजीअरूको आन्दोलन जलाइएको सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले जानकारी दिइन् ।
समयमै ल्याउने निर्णय ढिलाइ भएर यो अवस्था आएको उपाध्यक्ष रोकायाको भनाइ छ ।’ समयमै एम्बुलेन्स हुम्ला ल्याइदिएको भए यस्तो अवस्था आउने थिएन।’ उनले भनिन् ।
गत असार २२ गते कर्णाली करिडोरको हुम्ला खण्डका खार्पुको दोजाम कर्णाली नदी माथि बेलिब्रीज निर्माण भएर उद्घाटन भएपछि सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो।
प्रतिक्रिया 4