News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले २ असोजका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ बिहीबार प्रतितोला ९ सय रुपैयाँ घटेको छ, जुन मंगलबारको उच्च मूल्य २ लाख १७ हजार १ सय रुपैयाँभन्दा कम हो।
- चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँ घटेर २५२० रुपैयाँ पुगेको छ, जुन मंगलबारको उच्च मूल्य २५९५ रुपैयाँभन्दा कम हो।
२ असोज, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।
चाँदी तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको चाँदी आज २५२० रुपैयाँमा झरेको छ । मंगलबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला २५९५ रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4