
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारीमा भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गरेका छन्।
- पौडेलले जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै हिंसा, हत्या र आगजनीको निष्पक्ष छानवीन र दोषीमाथि कानुनी कारवाहीको माग गरेका छन्।
- उनले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी पुरा गर्नुपर्ने बताएका छन्।
३ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका छन् ।
संविधान दिवसका अवसरमा उनले एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने उल्लेख गरेका छन् । युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको बताएका छन् ।
जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्घाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना ब्यक्त गरेका छन् ।
उनले सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्बाट शान्ति र अमनचयन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजिक्षेत्रका संरचनाहरुको पुननिर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने जस्ता महत्वपूर्ण अभिभारा पुरा हुनुपर्ने पनि उनको धारणा छ ।
‘जेन्जी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानवीन गर्न, दोषिहरुलाई कानुन बमोजिम कार्वाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजि संरचनाहरुको यथाशीघ्र पुननिर्माण गर्न सरकारसँग माग गर्दछु’ उनले भनेका छन्,’अब हाम्रो सामु जनतासँग, विशेषगरी नयाँ पुस्तासँग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ ।’
प्रतिक्रिया 4