+

काभा नेसन्स लिगका लागि पुरुष भलिबल टिमको प्रशिक्षण सुरु

२०८२ असोज  ३ गते २०:४८ २०८२ असोज ३ गते २०:४८
काभा नेसन्स लिगका लागि पुरुष भलिबल टिमको प्रशिक्षण सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको पुरुष भलिबल टिमले काभा पुरुष नेसन्स लिगको तयारीका लागि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रशिक्षण सुरु गरेको छ ।
  • प्रशिक्षणमा केही सिनियर खेलाडी र युवा खेलाडीहरूसहित १८ जना समावेश छन् ।
  • काभा पुरुष नेसन्स लिग कात्तिक ५ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा हुनेछ ।

३ असोज, काठमाडौं । काभा पुरुष नेसन्स लिगको तयारीका लागि नेपालको पुरुष भलिबल टिमले प्रशिक्षण सुरु गरेको छ ।

टोलीले बिहीबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रशिक्षण सुरु गरेको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रशिक्षणमा १८ खेलाडी सहभागि छन् ।

नेपाल भलिबल संघका उपाध्यक्ष भरत बहादुर शाह संयोजक तथा पुरुष टिमका मुख्य प्रशिक्षक भरत यादव र राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत भलिबलका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट सदस्य रहेको तीन सदस्यीय छनोट समितिले १८ खेलाडीको नाम छनोट गरेको हो ।

मुख्य प्रशिक्षक भरत यादव, सहायक प्रशिक्षक उत्सव खड्काले अहिले टिमलाई प्रशिक्षण दिइरहेका छन् । टिमको व्यवस्थापक प्रविन श्रेष्ठ छन् ।

काभा पुरुष नेसन्स लिग कात्तिक ५ देखि ११ गते (अक्टोर २२-२८) सम्म बंगलादेशको ढाकामा हुँदैछ ।

पछिल्लो समय भलिबल खेलाडीहरु पनि विदेश पलायन हुने क्रम बढ्दा परशिक्षणमा नयाँ र युवा खेलाडीहरुको बाहुल्य छ । राष्ट्रिय टिमको कप्तानी गरिसकेका हरिहजुर थापा, एक दशक देखि नेपालको लागि खेल्दै आएका धन बहादुर भट्ट क्षेत्री अनुभवी खेलाडीको रुपमा छन् ।

पछिल्लो पटक नेपालको पुरुष भलिबल टिमले सन् २०२३ मा श्रीलंकामा भएको काभा च्यालेन्ज कप अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यस टिमका अधिकांश सदस्य अहिले विदेश पलायन भइकसका छन् ।

दुई वर्षअघि श्रीलंकामा भएको काभा च्यालेन्ज कप खेलेको टिमका तत्कालीन कप्तान मानबहादुरसँगै विशाल विक, टेक अवस्थी, लोकेन्द्र गिरी, हेमन्त मल्ल, रविन चन्द र सम्राट भण्डारी हाल विदेशमा छन् ।

यसबाहेक च्यालेन्ज कप खेल्ने टिममा सफल विक, दुर्गा बहादुर खड्का, विनोद चन्द, धिरोजकाजी बस्नेत र मनिष मानन्धर थिए । त्यसमध्ये सफल, विनोद र धिरोज मात्र अहिले प्रशिक्षणमा समावेश भएका छन् ।

यस्तै पछिल्लो पटक राष्ट्रिय टिममा नरहेपनि हाल नेपालमा उपलब्ध मध्ये सबैभन्दा सिनियर खेलाडीको रुपमा धन बहादुर भट्ट क्षेत्री र हरि हजुर थापा नै छन् । यस्तै धिरोजकाजी बस्नेत, सफल विक, विनोदसँग पनि राष्ट्रिय टिमबाट खेलिसकेको अनुभव छ । धिरोजले नेपाल यू२३ टिमको कप्तानी समेत गरिसकेका छन् ।

यस बाहेक गत वर्ष काभा यू२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालीलाई रजत पदक दिलाउने टिमका कप्तान अर्जुन नेपाली लगायत युवा खेलाडी पनि प्रशिक्षणमा समावेश छन् । अर्जुनसँगै काभा यू२० खेलेका पहल गहतराज, शैलेन्द्र यादव, सूर्य विक, सुजन सुनार सिनियर टिमको प्रशिक्षणमा छन् ।

नेपाल भलिबल संघले पुरुष भलिबल टोलीको प्रशिक्षण सुरु गरेपनि कप्तान भने घोषणा गरेको छैन । भलिबल संघका महासचिव श्रेष्ठले अब प्रशिक्षणपछि अन्तिम १२ जनाको टोली घोषणा गर्ने र कप्तान पनि नियुक्त गर्ने जानकारी दिए ।

पछिल्लो दुई वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्नु अनि यसअघिका कप्तान मान बहादुर श्रेष्ठले पनि सन्यास लिँदा अहिले नेपालको पुरुष टिम कप्तानविहिन छ ।

अहिले सिनियर खेलाडीहरूमा धनबहादुर बाहेक राष्ट्रिय टिमको कप्तानी गरिसकेका हरिहजुर थापा छन् । टिमको नेतृत्वका लागि उनीहरु नै दाबेदारको रुपमा देखिएका छन् । यस्तै उमेर समूहका कप्तानी गरिसकेका धिरोजकाजी पनि कप्तानको दाबेदार हुन् ।

प्रशिक्षणका रहेका १८ खेलाडीहरु

१. धन बहादुर भट्ट क्षेत्री

२. धिरोज काजी बस्नेत

३. सुनिल बोहरा

४. पहल गहतराज

५. रोमन बस्नेत

६. सुरेन्द्र के.सी.

७. सरन सामरी क्षेत्री

८. सुर्य विक

९. शैलेन्द्र यादब

१०. अर्जुन नेपाली

११. सफल विक

१२. रबिन नगरकोटि

१३. निरुप बस्नेत

१४. हरिहजुर थापा

१५. अभिषेक थापा

१६. सुजन सुनार

१७. विनोद चन्द

१८. सन्तोष राई

व्यवस्थापक : प्रविन श्रेष्ठ

प्रमुख प्रशिक्षक : भरत यादव

सहायक प्रशिक्षक : उत्सव खडका

नेपाल भलिबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय