+

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२०आई शृंखला खेल्ने

२०८२ असोज  ४ गते १२:२० २०८२ असोज ४ गते १२:२०
नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२०आई शृंखला खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग अक्टोबर २ देखि ८ सम्म पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।
  • नेपाल क्रिकेट संघले मलेसिया भ्रमणका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ।
  • टोलीका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० सम्म मलेसियन सुपर वुमन सिरिजमा सहभागी हुनेछन्।

४ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मलेसियाको कुआलालम्पुरमा आगामी अक्टोबर २ देखि ८ सम्म शृंखला हुनेछ।

यसअघि तयारी स्वरूप टोलीका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा सहभागी हुनेछन्। उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुल्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मलेसिया भ्रमणका लागि १४ सदस्यीय टोली घोषणा गरिएको छ । सीता राना मगरले पुनरागमन गर्दा टिममा पाँच परिवर्तन भएको छ ।

यसअघि टी२० महिला विश्वकप एसिया छनोट खेलेका टिमबाट ५ परिवर्तन भएको हो । सीतासहित सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामी टिममा परेका छन् ।

ईश्वरी विष्ट, सबनम राई, बिन्दु रावल, रोमा थापा, मनिषा उपाध्याय बाहिरिएका छन् ।

टोलीमा इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यी कार्यक्रमहरू राखिएको हो ।

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय