News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँगको खेलका लागि ३३ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको छ।
- नेपालले अक्टोबर ९ मा भियतनामको बिन दुंग रंगशालामा अवे म्याच खेल्नेछ र अक्टोबर १४ मा होम म्याच खेल्ने योजना छ।
- दशरथ रंगशाला अयोग्य भएपछि एएफसीले नयाँ न्युट्रल मैदान खोज्न एन्फालाई भनेको छ।
५ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणको प्रशिक्षणमा ३३ खेलाडीलाई बोलाएका छन् ।
नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ । त्यस्तै नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ ।
घरेलु मैदान दशरथ रंगशालमा खेल्ने तय भएपनि दशरथ रंगशाला अयोग्य भएपछि एएफसीले नयाँ न्युट्रल मैदान खोज्न एन्फालाई भनेको थियो ।
नेपालको प्रारम्भिक टोली : अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन बिष्ट, अञ्जल श्रेष्ठ, अरिक बिष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दिप कार्की, दिनेश हेन्जन, दिपेन्द्र बिक, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कृतिश छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि लामा, मनिष डाँगी, निराजन धामी, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समीत श्रेष्ठ, सनिश श्रेष्ठ, सन्तोष खत्री, सुवास बम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ
प्रतिक्रिया 4