News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको दक्षिणकाली-१ चाल्नखेलमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा आएको छ।
- नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले उक्त एकेडमीमा मुवाँथाई, मार्सल आर्ट्स र योगाको प्रशिक्षण हुने बताए।
- एकेडमीले देशैभरि प्रतिभावान खेलाडी छनोट गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहभागी गराउने लक्ष्य लिएको छ।
५ असोज, काठमाडौं । काठमाडौंको दक्षिणकाली-१ चाल्नखेलमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा आएको छ । उक्त एकेडमीमा मुवाँथाईलगायत अन्य मार्सल आर्ट्स र योगाको पनि प्रशिक्षण गर्न पाइने नेपाल राष्ट्रिय मुवाँथाईं संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
अध्यक्ष कक्षपतिले जग्गा भाडामा लिइ ब्यक्तिगत लगनीमा एकेदेमी निर्माण गरेका हुन् । एकेडमीले देसैभरीबाट प्रतिभावान खेलाडी छनोट गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रियस्तरमा समेत सहभागी गराउने लक्ष्य लिएको कक्षपतिले बताए ।
सोही अवसरमा ग्रान्ड मास्टर सिद्धाचार्य माक युरी वज्रमुनीले खेलाडीलाई प्रशिक्षण पनि दिएका थिए ।
प्रतिक्रिया 4