+
+
Shares

पूर्वन्यायाधीश सिन्हा मन्त्री सिफारिस, दिइयो तीन मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्न मन्त्री सिफारिस गरेकी छिन्।
  • उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ।
  • सिन्हाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री सिफारिस गरेकी छिन् ।

उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।

सिन्हाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

को हुन् सिन्हा ? 

सिन्हा सर्वोच्च अदालतमा पूर्वन्यायाधीश हुन् । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका उनी ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त भएका थिए ।

नेपाल ल क्याम्पसबाट २०३९ सालमा स्नातक उत्तीर्ण गरेपछि आफनो सम्पूर्ण करिअर वकालत पेशामा लगाएका सिन्हा सर्वोच्च अदालतका न्यायाधीश नियुक्त हुनुअघि वरिष्ठ अधिवक्ताका रुपमा खासगरी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिल थिए ।

सर्वोच्च अदालतमा सात वर्ष न्यायाधीश रहँदा उनले मूलतः संवैधानिक, फौजदारी र वाणिज्य सम्बन्धी मुद्दा निरुपणमा महत्वपूर्ण योगदान दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी विवाद, प्रतिनिधिसभाको पहिलो विघटन, कर फर्स्यौट आयोग सम्बन्धी विवाद निरुपणमा उनको योगदान महत्वपूर्ण मानिन्छ ।

ललितानिवास जग्गा प्रकरणको मुद्दामा मन्त्रिपरिषद्को निर्णयमाथि पनि अनुसन्धान गर्न सकिने फैसला उनीसहितको इजलासले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?