+
+
Shares

२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप

आज दशैंको घटस्थापनाको दिनदेखि यात्रुहरु बाहिरिने क्रम थप बढ्ने अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते ९:४०
नागढुंगाको जाम । तस्वीर : अनलाइनखबर फाइल ।

६ असोज, काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् । यो अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।

आज दशैंको घटस्थापनाको दिनदेखि यात्रुहरु बाहिरिने क्रम थप बढ्ने अनुमान छ । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैं बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने अनुमान गरिएको हो । दशैंको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुन्छ ।

गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनपछि सुरक्षा वातावरण सामान्य बन्दै गएदेखि नै काठमाडौं छाड्नेक्रम बढेको थियो । आजबाट दशैं नै सुरु भइसकेकाले यो संख्या थप बढ्ने छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म बसपार्क र काठमाडौंका नाकाहरुमा अवस्था सामान्य छ । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरोले ४० घण्टासम्म सडक अवरुद्ध हुँदा सवारी साधनहरुको चाप भने सडकमा परेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड खुलिसकेकाले अब विस्तारै सामान्य हुँदै जाने ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरुको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?