News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ ।
- नेपाल समूह ए को उपविजेता र भारत समूह बी को विजेता भएर सेमिफाइनल प्रवेश गरेका हुन् ।
- सेमिफाइनलका खेलहरू आगामी बिहीबार हुनेछन् ।
६ असोज, काठमाडौं । श्रीलंकामा जारी साफ साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।
नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
समूह चरण अन्तर्गत सोमबार भएको खेलमा पाकिस्तानलाई ३-२ ले हराएर भारत समूह बी को विजेता बनेपछि नेपाल र भारतको भेट पक्का भएको हो । भारतले समूह बी मा सबै तीन खेल जितेर ९ अंक जोड्दा पाकिस्तानले ६ अंक जोड्यो ।
यस्तै समूह बी को उपविजेता बनेको पाकिस्तानले सेमिफाइनलमा समूह ए को विजेता बंगलादेशसँग खेल्नेछ ।
समूह ए म दुवै खेल जितेको बंगलादेश ६ अंक जोडेर समूह विजेता बनेको थियो भने एक जित र एक हारको नतिजासहित नेपाल उपविजेता बनेको थियो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४-० ले पराजित भएको थियो ।
सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् ।
प्रतिक्रिया 4