+

एन्फाको परिमार्जित क्यालेन्डरबाट हट्यो एनएसएल

२०८२ असोज  ७ गते १२:१४ २०८२ असोज ७ गते १२:१४
एन्फाको परिमार्जित क्यालेन्डरबाट हट्यो एनएसएल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको परिमार्जित क्यालेन्डरबाट नेपाल सुपर लिग हटाइएको छ।
  • एन्फाले पहिले पारित गरेको क्यालेन्डरमा २०२५ सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपाल सुपर लिग हुने उल्लेख थियो।
  • अक्टोबर फिफा विन्डोमा हरेक पटक २ खेल खेल्ने योजना १ खेल मात्र खेल्ने गरी परिमार्जित गरिएको छ।

७ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको परिमार्जित क्यालेन्डरबाट फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग हटाइएको छ ।

यसअघि एन्फाले पारित गरेको क्यालेन्डरमा २०२५ सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा नेपाल सुपर लिग (एनएसएल) हुने उल्लेख थियो ।

तर मंगलबार सार्वजनिक भएको बाँकी क्यालेन्डरमा भने एनएसएल समावेश भएको छैन ।

एन्फा प्रवक्ता सुरेश शाहले एनएसएल एन्फाको कार्यक्रम नभएकोले क्यालेन्डरमा समावेश नगरिएको बताए । तर उनले यसअघि किन क्यालेन्डरमा राखियो भन्ने विषयमा स्पष्ट जवाफ दिएनन् । ‘त्यो हाम्रो क्यालेन्डर नभएर नराखेको हो । एनएसएल अब उहाँहरुको आफ्नै क्यालेन्डर अनुसार हुन्छ । हामीले त मिति उपलब्ध गराउने मात्र हो’ शाहले अनलाइनखबरसँग भने ।

साधारणसभाका बेला जारी भएको क्यालेन्डरमा एनएसएल समावेश थियो

नेपाली महिला फुटबल टोलीले भने भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ ।

यस्तै, यसअघि साधारण सभाबाट पारित क्यालेन्डरमा हरेक फिफा विन्डोमा २-२ खेल खेल्ने गरी समावेश गरिएको भएपनि अक्टोबर विन्डोमा १ खेल मात्र खेल्ने भएको छ ।

नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय