+
+
Shares

गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी

जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १२:५५
रामेश्वर दंगाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ।
  • दंगाल यसअघि गृह प्रशासनकै क्याडर थिए र मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ।
  • दुवाडीलाई योजना आयोगको सचिवालयमा जिम्मेवारी तोकिएको छ र उनी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयको जिम्मेवारीमा थिए।

७ असोज, काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ ।

जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।

दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ ।

यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारी थिए ।

जेन–जी आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो । स्रोतका अनुसार, उनलाई योजना आयोगको सचिवालयमा जिम्मेवारी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?