+
+
Shares

ललितपुरमा फुलसर्कलको ‘ज्वाइन्ट पप–अप कार्निभल’

कार्निभलमा हस्तकला, फेसन, खाद्य, वेलनेस र लाइफस्टाइल उत्पादन सहित २५ भन्दा बढी स्टलदेखि लिएर गेमिङ जोन र ब्रान्ड एक्टिभेसनसम्म थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १३:४३

७ असोज, काठमाडौं । फुलसर्कलले आयोजना गरेको ‘ज्वाइन्ट पप–अप कार्निभल’ सम्पन्न भएको छ । एकदिने कार्निभलमा १ हजार ५ सयभन्दा बढी सहभागी भएको आयोजकले जनाएको छ ।

कार्निभलमा हस्तकला, फेसन, खाद्य, वेलनेस र लाइफस्टाइल उत्पादन सहित २५ भन्दा बढी स्टलदेखि लिएर गेमिङ जोन र ब्रान्ड एक्टिभेसनसम्म थियो ।

आगन्तुकले यसलाई किनमेलभन्दा धेरै सांस्कृतिक उत्सवमा सहभागी भएको अनुभव गरेका थिए ।

प्रतिस्पर्धात्मक खेल, अद्वितीय उत्पादनको खोजी र ब्रान्डहरूसँगको सिर्जनात्मक अन्तर्क्रियाले आगन्तुकलाई अझै रमाइलो बनाएको सहभागीको प्रतिक्रिया थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डहरूको प्रायोजनमा विशेष गरी इन्फिनिक्स स्मार्टफोन र सेन्चुरी मसला तथा स्न्याक्स र फुलसर्कलद्वारा व्यवस्थापन गरिएको उक्त कार्निभलले विश्वव्यापी नवीनता र स्थानीय उद्यमशीलताको उत्साहलाई जोड्यो ।

२५ भन्दा बढी स्टलले हस्तकला, फेसनदेखि खाद्य र टेक उत्पादनसम्म प्रस्तुत गर्दै नेपाली सिर्जनशीलताको रंगीन झलक देखाए ।

त्यसक्रममा इन्फिनिक्स स्मार्टफोनले मोबाइल लेजेन्ड्स ः ब्याङ ब्याङ गेमिङ प्रतियोगिता आयोजना गरेको थियो । विजेताले नयाँ हट सिक्स्टी प्रो प्लस स्मार्टफोन पुरस्कार स्वरूप प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?