+

मार्सेसँग पीएसजी स्तब्ध

२०८२ असोज  ७ गते १४:०८ २०८२ असोज ७ गते १४:०८
मार्सेसँग पीएसजी स्तब्ध

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रेन्च लिग वानमा मार्सेले नाएफ अगुएर्डको गोलमा पेरिस सेन्ट जर्मेनलाई १-० ले पराजित गरेको छ।
  • मार्सेका रोबर्टो डे जेर्बीले ईन्जुरी टाईममा रातो कार्ड पाएपछि पीएसजीको यो सिजन पहिलो हार हो।
  • पीएसजी ५ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ भने मार्से ९ अंकसहित छैटौं स्थानमा उक्लेको छ।

७ असोज, काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मार्सेसँग १-० ले पराजित भएको छ । नाएफ अगुएर्डले खेलको पाँचौँ मिनेटमा गरेको एक मात्र गोलमा मार्सेले च्याम्पियन टोली पीएसजीलाई स्तब्ध बनाएको हो ।

मार्सेका रोबर्टो डे जेर्बीले ईन्जुरी टाईममा रातो कार्ड सामना गरेका थिए । यस सिजन पीएसजीको यो पहिलो हार हो । हारपछि पीएसजीले शीर्ष स्थानमा उक्लिने अवसर पनि गुमायो ।

पीएसजी ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ। समान १२ अंक जोडेको मोनाको गोलअन्तरान अघि रहँदा पहिलो स्थानमा छ ।

लियोन र स्ट्रबर्गको पनि समान १२ अंक नै छ र क्रमश: तेस्रो र चाैथोमा छ । पीएसजीलाई स्तब्ध पारेको मार्से ५ खेलबाट ९ अंकसहित छैटौं स्थानमा उक्लेको छ ।

यो आइतबारको लागि तय भएपनि दक्षिण फ्रान्समा हावाहुरीसहित भारी वर्षा हुने सम्भावनापछि खेल सोमबारको लागि सारिएको थियो ।

पीएसजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय