+
+
Shares

दशैंमा गाडी भाडा बढी लिए कहाँ उजुरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १८:२३
फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंको अवसरमा केही गाडीवालाले यात्रुसँग चर्को भाडा असुल गर्ने प्रयास गरिरहेका छन्।
  • प्रहरी नायक विनोद घिमिरेले यातायात व्यवसायी महासंघले यसवर्ष कुनै भाडा वृद्धि नगरेको बताए।
  • प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी निगरानी गर्दैछ र बढी भाडा लिइएमा १०० मा फोन गर्न सुझाव दिएको छ।

नेपालीहरूको प्रमुख मध्येको एक चाड दशैं मुखैमा आइसकेको छ । पढाइ तथा रोजगारीको सिलसिलमा शहरमा बसोबास गरिरहेको नेपालीहरू दशैंमा गाउँ जाने गर्छन् । यो समयमा अधिंकाशलाई जसरी पनि गाउँ जानुपरिरहेको हुन्छ । यही बाध्यताको फाइदा उठाएर केही गाडीवालाहरूले यात्रुसँग चर्को भाडा असुल गरी ठगी गर्ने गर्छन् ।

यसबाट यात्रुलाई बचाउन प्रहरीहरू सक्रिय हुने गर्छन् ।

प्रहरी नायक महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार यसवर्ष यातायात व्यवसायी महासंघले कुनै पनि भाडा वृद्धि गरेको छैन । अहिलेसम्म बढी भाडा लिएको गुनासो पनि नआएको उनले बताए ।

‘अहिले हामीले विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेका छौं । निगरानी गर्न सादा पोशाकमा प्रहरी र विभिन्न नाकाहरूमा टोलीहरू खटाएका छौ,’ अनलाइन खबरसँग उनले भने ।

तर, कदमकदाचित यदि कुनै यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिइन्छ भने उनीहरूलाई निम्न कार्य गर्न उनले सुझाएका छन्

-नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्ने

-नजिकैको प्रहरी चौकीसमा सम्पर्क गर्ने

-यदि सहायता कक्ष र चौकी नजिक छैन भने प्रहरीको हटलाइन १०० मा फोन गरेर गाडी नम्बर टिपाउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?