+
+
Shares

झापा इनर्जीको आईपीओ बाँडफाँट, १७ लाख ८६ हजारको हात रित्तो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाटको सौर्य विद्युत् आयोजनाको आईपीओ बिक्री प्रवन्धक हिमालयन क्यापिटलले बाँडफाँट गरेको छ।
  • आईपीओमा १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका थिए, जसमा ४७ हजार ३३३ जनाले सेयर पाएका छन् र १७ लाख ८६ हजार ४०५ आवेदकको हात रित्तो भएको छ।
  • कम्पनीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको छ र गत आर्थिक वर्ष चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७२ पैसा ऋणात्मक रहेको छ।

८ असोज, काठमाडौं । सर्वसाधारणका लागि यसअघि खुलेको झापा इनर्जीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा कुल १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका थिए । स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट ४७ हजार ३३३ जनाले सेयर पाएका छन् । तीमध्ये ६ जनाले ११ कित्ताका दरले पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका छन् । १७ लाख ८६ हजार ४०५ आवेदकको हात रित्तो भएको छ ।

यसको नतिजा आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

कम्पनीले भदौ २० गते सर्वसाधारणका लागि आईपीओ खुलाएको थियो । कम्पनीले झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरेको छ । सो आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत ८ रुपैयाँ ७९ पैसा छ ।

अनुमतिपत्र बहाल अवधि २२ वर्ष बाँकी छ । इक्वीटीमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ९.५५ वर्ष छ ।

कम्पनीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको छ । गत आर्थिक वर्ष चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७२ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ४० पैसा छ । साथै सो अवधिसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड ३१ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?