
News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय चलचित्र जाँच पास समितिले फिल्म ‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट दिएको छ।
- फिल्मको अवधि २ घण्टा २१ मिनेट ४० सेकेन्डमा सीमित गरिएको छ।
- निर्देशक दीपेन्द्र के खनालले फिल्मले हसाउँदै भावुक बनाउने प्रतिक्रिया सेन्सर बोर्डबाट आएको बताउनुभएको छ।
काठमाडौं । आगामी सोमबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’लाई केन्द्रीय चलचित्र जाँच पास समितिले युनिभर्सल सर्टिफिकेट दिएको छ ।
समितिले यो फिल्मलाई २ घण्टा २१ मिनेट ४० सेकेन्डमा सीमित गरिदिएको छ ।
यो फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । फिल्मले हसाउँदा हसाउँदै भावुक बनाउने प्रतिक्रिया सेन्सर बोर्डबाट आएको निर्माता पूण्यप्रसाद ओली (सरोज)ले बताए ।
दीपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलर र गीत यसअघि दर्शकले रुचाइसकेका छन् । यो फिल्मको शीर्ष भूमिकामा रहेका हरिवंश आचार्यले आफ्नो बहुचर्चित पात्र ‘हरिबहादुर’को भूमिका निर्वाह गरेका छन् ।
हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपालको पनि अभिनय छ ।
एसएम मोसन पिक्चर्सको व्यानरमा निर्माण भएको यो फिल्ममा ओली र मोहितवंश आचार्यको लगानी छ । कृष्णबहादुर थापाको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन छ ।
वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको फिल्ममा संगीत छ ।
प्रतिक्रिया 4