+
+
Shares

पार्टी प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्छ : तोसिमा कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १८:३९

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोसिमा कार्कीले व्यक्तिविरुद्ध नभइ पार्टीको प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्ने बताएकी छिन् ।

बुधबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

‘यो क्रान्ति, जनआन्दोलन किन हुन पुग्यो त ? आत्मालोचना र समीक्षा गरिरहेका छौं,’ उनले भनिन्, ‘केन्द्रीय सचिवालयमा केही फेरबदर गर्ने हो कि ? नीति, सिद्धान्तमा केही परिवर्तन गर्नुपर्ने हो कि ? व्यक्तिका विरुद्धमा नभइ प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्छ ।’

उनले यथास्थितिमा नभइ केही न केही परिवर्तनको सन्देश दिनुपर्ने बताइन् ।

‘यथास्थितिमा रहने होइन, केही न केही परिवर्तनको सन्देश दिनुपर्नेछ । दुईपटक हामी सरकारमा हुँदाहुँदै पनि यति धेरै जनाको ज्यान जाने गरी ठूलो क्रान्ति किन भयो त ? हामीले आत्मसमीक्षा गर्नुपर्दछ,’ कार्कीले भनिन्, ‘त्यसको बाटो भनेको रिर्फमेसन हो । त्यसमा नेतृत्व र व्यक्तित्वको कुरा मात्रै हुँदैन ।’

पार्टी सदस्यहरूले बोक्ने सिद्धान्त, राजनीतिक चरित्रलाई दिने एउटा कार्यदिशा, मार्गनिर्देशन पनि हुने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?