+

होरा ईस्पोर्ट्सले जित्यो पब्जी नेपाल सिरिजको उपाधि

२०८२ असोज  ८ गते २३:१२ २०८२ असोज ८ गते २३:१२
होरा ईस्पोर्ट्सले जित्यो पब्जी नेपाल सिरिजको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होरा ईस्पोर्टसले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो संस्करणको पब्जी मोबाइल नेपाल सिरिजको उपाधि जितेको छ।
  • १६ टोली सहभागी प्रतियोगितामा होराले कुल १४८ अंक जोडेर च्याम्पियन बनेको हो।
  • होराले उपाधिसहित १ हजार २ सय ५० अमेरिकी डलर पुरस्कार जितेको छ र नो फियर एमभीपी बने।

८ असोज, काठमाडौं । होरा ईस्पोर्टसले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो संस्करणको पब्जी मोबाइल नेपाल सिरिज (पीएमएनएस) को उपाधि जितेको छ ।

पब्जीमा नेपालको सबैभन्दा ठूलो घरेलु प्रतियोगिताअन्तर्गत रहेको पीएमएनएसमा अन्तिम दिन बुधबार सानदार कमब्याक गर्दै च्याम्पियन बनेको हो ।

१६ टोली सहभागी प्रतियोगितामा च्याम्पियन होरले कुल १४८ अंक जोड्यो । होराले उपाधिसहित १ हजार २ सय ५० अमेरिकी डलर पुरस्कार जितेको छ ।

डीआरएस गेमिङ ११८ अंकसहित दोस्रो र टिम नेपेक्सले ११८ अंकसहित तेस्रो स्थानमा रह्यो ।

होराका खेलाडी नो फियर प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) बने ।

होरा ई-स्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय