+

टी-२०आई ब्याटिङ वरियतामा दीपेन्द्र र रोहित एक स्थान माथि उक्लिए

२०८२ असोज  ९ गते ०:०५ २०८२ असोज ९ गते ०:०५
टी-२०आई ब्याटिङ वरियतामा दीपेन्द्र र रोहित एक स्थान माथि उक्लिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२०आई ब्याटिङ वरियतामा रोहित पौडेल ७१औं र दीपेन्द्रसिंह ऐरी ६४औं स्थानमा उक्लिएका छन्।
  • बलिङ वरियतामा ललित राजवंशी ५७औं र सन्दीप लामिछाने ७८औं स्थानमा पुगेका छन् भने दीपेन्द्र चौथो स्थानमा कायमै छन्।
  • नेपालले शनिबारदेखि वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने तयारी गरिरहेको छ।

८ असोज, काठमाडौं । आईसीसी टी-२०आई ब्याटिङ वरियतामा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान माथि उक्लिएका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा रोहित एक स्थान माथि उक्लिएर ७१औं स्थानमा पुगेका छन् भने दीपेन्द्र ६५औं बाट ६४औं स्थानमा उक्लिएका हुन् ।

यस्तै बलिङतर्फ ललित राजवंशी १ स्थान माथि उक्लिएर ५७औं स्थानमा पुगेका छन् । सन्दीप लामिछाने १ स्थान तल झर्दै ७८औं स्थानमा पुगेका छन् । दीपेन्द्र एक स्थान माथि उक्लिएका छन् । अलराउन्डर वरियतामा दीपेन्द्र चौथोमा कायमै छन् ।

नेपाली खेलाडीले विगत ३ महिनादेखि अन्तर्राष्ट्रिय खेल खेलेको छैनन् । यसबीचमा अन्य खेलाडीको वरियतामा परिवर्तन हुँदा नेपाली खेलाडीको वरियता पनि हेरफेर हुने गर्छ ।

नेपालले अब शनिबारदेखि वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्दै छ ।

दीपेन्द्रसिंह ऐरी रोहित पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय